म्याचेस्टर युनाइटेड

रोनाल्डोविरुद्ध इङ्लिस खेलाडीले गुठबन्दी बनाएको भन्ने अफवाह गलतः रासफोर्ड

लन्डन । म्याचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्डले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविरुद्ध इङ्लिस खेलाडीले गुठबन्दी बनाएको भन्ने अफवाह गलत भएको बताएका छन् ।

जर्मनी पत्रकार क्रिस्टियन फल्कले सामाजिक सञ्जाल ट्वीटरमा रासफोर्डसहित केही इङ्लिस खेलाडीहरुले रोनाल्डोविरुद्ध गुटबन्दी बनाएको लेखेका थिए ।

‘इङ्लिस खेलाडी ह्यारी मग्वायर, मार्कस रासफोर्ड र अरु खेलाडीहरु रोनाल्डोसँग छुटिएका छन् । उनीहरुको आफ्नै समूह छ । यसले गर्दा टोली फुट्ने समस्या देखिन्छ,’ फल्कले ट्वीटरमा लेखेका थिए ।

फल्कको ट्विटको जवाफमा रासफोर्डले खेलाडीहरुले कहिले गुटबन्दी गर्छन भन्ने प्रतिप्रश्न गर्दै टोलीलाई विभाजन गर्ने प्रयास नगर्न भनेका छन् ।
तर, रासफोर्डले फल्कको ट्वीटको उत्तर दिँदै लेखेका छन्, ‘हामीसँगै हिड्दा मात्र यस्तो गर्छाै ? कृपया हामीलाई विभाजन गर्न नखोज्नुहोला ।’

प्रिमियर लिगको चौंथो स्थानमा रहेको युनाइटेडले ४३ अंक जोडेको छ । युनाइटेडले मंगलबार ब्राइटनलाई २–० ले हराएको थियो । उक्त खेलमा वर्षको सुरुआतदेखि गोल गर्न नसकेका रोनाल्डोले एक गोल गरेका थिए ।