ट्वान्टी २० विश्वकप ग्लोबल क्वालिफायर्स

ग्लोबल क्वालिफायर्स खेल्नुअघि के भन्छन प्रशिक्षक र कप्तान ?

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर्सको पहिलो खेलमा लागि शुक्रबार ओमानविरुद्ध खेल्नुअघि नेपाली क्रिकेट टोलीका टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका छन् ।

‘हामीले चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सधार्ने मौका पायौं । नतिजा जे भए पनि तीनै खेलमा हामी जितको नजिक थियौं । प्रदर्शनबाट खुसी छु । एक दुई इन्जुरीको समस्या भए पनि टिम सन्तुलित छ,’ दासानायकेले भने, ‘टोलीमा रहेका थोरै कमजोरीमा सुधारको आवश्यकता छ । फास्ट बलर र स्पिनरले योजनाअनुसारको प्रदर्शन गरिरहेका छन् । यसबाट म खुसी छु र तीन खेलको लागि पूरा टिम आत्मविश्वासी छ ।’

यस्तै, कप्तान सन्दीप लामिछानेले टोलीको लक्ष्य विश्वकप खेल्नु भएको बताए ।

चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोटका तयारीका लागि महत्वपूर्ण थियो । यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा विस्तारै विस्तारै राम्रो गर्दै गइरहेका छौं । निकै राम्रो तयारी भयो,’ सन्दीपले भने, ‘विश्वकप छनोटको जुन लक्ष्य लिएर आएका छौं । तीन खेलमा खेलाडीले गरेको व्यक्तिगत प्रदर्शनका हेर्ने हो भने हामी त्यसका लागि सक्षम छौं जस्तो लाग्छ । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो ।’

ग्लोवल क्वालिफायर्सको समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक ओमान, फिलिपिन्स र क्यानडा छन् ।

नेपालले ६ गते आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै क्वालिफायर्सको सुरुआत गर्नेछ । यस्तै, नेपालले सात गते फिलिपिनस र नौ गते क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।