अफ्रिका कप अफ नेसन्स

इजिप्ट सेमिफाइनलमा

याउन्डे । मोहम्मद सलाहाको उत्कृष्ट प्रदर्शनमा इजिप्ट आइतबार मोरक्कोमाथि २-१ को जितसहित अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको छ ।

इजिप्ट सन् २०१० पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ । 

छैटौ मिनेटमा सोफाने वोफलले पेनाल्टीको सदुपयोग गर्दा मोरक्कोले अग्रता लिएको थियो । इजिप्टका एमान अस्रफले अर्चाफ हाकिमीमाथि फाउल गरेपछि मोरक्कोले पेनाल्टीको अवसर पाएको थियो ।

५३औं मिनेटमा सलाहाको गोलमा इजिप्ट खेलमा फर्कियो । मोरक्कोका गोलकिपर यासिन बोनोउले मोहम्मद एब्डेलमोनेमको हेडर रोक्दा रिबाउन्डमा प्राप्त बललाई सलाहाले जाली चुमाएका थिए ।

अतिरित्त समयको १०औं मिनेटमा सलाहाको क्रसमा ट्रिजेनक्वेटले गोल गर्दै इजिप्टको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।

मंगलबार हुने सेमिफाइनलमा इजिप्टले आयोजक क्यामरुनको सामना गर्नेछ ।