अफ्रिका कप अफ नेसन्स

सहज जितसहित सेनेगल सेमिफाइनलमा

याउन्डे । चेइको कोयाटे र स्मालिया सारले अन्तिम २५ मिनेटमा गरेको गोलमा सेनेगलले आइतबार इकोटोरियल गिनीलाई ३-१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको टिकट पक्का गरेको छ ।

२८औं मिनेटमा फमारा डेइहोउले गरेको गोलमा सेनेगलले अग्रता लिएको थियो ।  ५७औं मिनेटमा यानिक बुयलाले गोल गर्दै इकोटोरियल गिनीलाई खेलमा फर्काएका थिए । 

६८औं मिनेटमा कोयाटेले गरेको गोलमा सेनेगलले अग्रता लिएको थियो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा सारले बललाई पोस्टको दिशा र्दिँदै सेनेगलको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको यो लगातार दास्रो पटक हो । सेनेगलले फाइनल प्रवेशका लागि बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ । 

बुर्किना फासोले शनिबार ट्युनिसियालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

अर्को सेमिफाइनलमा आयेजक क्यामरुन र इजिप्ट भिड्नेछन् ।