नेपालविरुद्ध मोरिसस

अफ्रिकन टिमसँग खेल्दा फरक अनुभव हुनेछ: कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक किरण श्रेष्ठले आफूहरू एसिया कप छनोटको तयारीमा रहेकाले मोरिससविरुद्धको खेलमा विगतको कमजोरी सुधार गर्दै सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

नेपालले शनिबार र मंगलबार मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । 

नेपालले शनिबार र मंगलबार मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । 'हामी पूर्ण रुपमा तयार छौ,' श्रेष्ठले भने, 'हामी र मोरिसस फिफाको स्तर उस्तै भए पनि उनीहरू शारिरीक रुपमा हामी भन्दा माथि छन् ।'

त्यस्तै कप्तान किरण कुमार लिम्बुले आफूहरूका लागि मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताए ।

‘हामी पहिलो पटक अफ्रिकन टिमसँग खेल्दै छौं । यो फरक अनुभव हुनेछ । म हिजो मात्रै टोलीको प्रशिक्षणमा जोडिएँ,’ किरणले भने, ‘हालै मात्र लिगको विश्राम भएको छ । सबै खेलाडी निरन्तर खेलिरहेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्नेमा आशाबादी छु ।’

किरणले बन्द प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीलाई समेटेर दुई टोली निर्माण गर्दा त्यसले भविष्यमा अझ बलियो टोली निर्माण गर्न सहज हुने बताए ।

‘हुन त खेलाडी छनोट गर्ने काम कोचको हो । मलाई के लाग्छ भने कोरोनाको कारण पनि धेरै खेलाडी छनोट गर्नु भएको हो कि,’ किरणले भने ।

स्वास्थ समस्या र थकानका कारण मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी भने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

त्यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्स्वाले लामो समयपछि मैदान फर्कन लागेकाले सुखद पुनरागमन गर्नेमा विश्वस्त रहेको बताए ।

‘हामीलाई मैत्रीपूर्ण खेलका लागि बोलाएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई धन्यवाद,’ फ्रान्स्वाले भने, ‘हामी करिब साढे दुई वर्ष पछि मैदान फर्किएका छौं ।  नेपाल धेरै राम्रो टिम हो । हामीले ४५ दिनको तयारी गरेका छौ । हामी मार्चमा अफ्रिका कप अफ नेसन्सको छनोट खेल्ने तयारीमा छौ । त्यसैले नेपालविरुद्धको खेल फदलायी हुनेमा म आशावादी छु ।’