माघ १४, २०८२ बुधबार | १३:३८:३८
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज
शनिबारको दिन आहा रारा गोल्डकप

जमरा नउमारिएको चाड

  • निरञ्जन राजवंशी

ब्ल्याकपुलको समुद्र छेउको चिसो सिरेटो ‘द गोर्खा’ होटलभित्र पस्दा त्यसले छुट्टै मिठास छरिरहेको थियो । जनवरीको यो महिना बेलायतीहरूका लागि हिउँमा डुब्ने इसारा हो । गोर्खा होटलका प्रोप्राइटर दिलीप गुरुङलाई भने यो सिरेटोले अर्कै सन्देश दिइरहेको छ ।

समुद्र छिर्दै गरेको सन्ध्याकालीन सूर्यको लालिमाले पनि उनलाई भनिरहेको छ, ‘ए दिलीप ! तिमी यहाँ के गर्दैछौं ? छिट्टै जाउ, पोखरा रंगशालाले तिमीलाई पर्खिरहेछ ।’

‘उफ ††, यसपालि जान नपाउने भो’ दिलीपको मन उकुसमुकुस भएको छ ।

बेलायती महारानीबाट दिइएको विशिष्ट पदक एमबिई (मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर) बाट सम्मानित हुन बकिङघम दरबारमा जान नपरेको भए दिलीपको पाइला पोखरातिर नै सोझिने थियो ।

आफैले आफैंलाई सम्झाउने ठाउँ छ, यो वर्ष उनलाई ।

बकिङघमसायरको ‘द रोयल ओके’ रेस्टुरेन्टको भान्छामा मग्मगाइरहेको विभिन्न परिकारमा पनि त उही स्वाद छ यतिबेला । पोखरेली स्वाद । पोखरा रंगशालाको माटोको सुगन्धले नवीन गुरुङको मनलाई कहाँ स्थिर हुन दिन्छ त ।

‘रामचन्द्रजी, जाने होइन त यसपालि ? थुप्रै वर्ष पो भो त तपाईं गयल भएको ।’ नवीन गुरुङ फोन घुमाउनमा व्यस्त छन् ।

यस्तै चटारो हुने गर्छ ५ दर्जनभन्दा वढी बेलायतवासी सहाराप्रेमीलाई यतिबेला ।

सुटकेस पोको पार्नुको हतारो । गोल्डकपको ट्रफी पठाउने हस्याङफस्याङ ।

अँ ! सहारा एकेडेमीका लागि यसपालि कति सहयोग उठे । हिसाब मिलाउनु पनि पर्यो ।

कति त हिथ्रो विमानस्थलमै ठोक्किए क्या रे,

पोखरेली न्यानोपनमा लुटपुटिन कसलाई हतार हुन्न र !

०००विसं २०७६ सालको माघ महिना ।

चटारो यतिखेर नै हो ‘ए’ डिभिजन क्लबलाई ।

धनगढीको मैदानमा खप्तड गोल्डकपको स्वाद नि मज्जाकै हो, सुदूरपश्चिमेली दर्शकमा पनि त फुटबल मोह बढ्दै छ ।

संकटा क्लबका प्रशिक्षक सल्याण खड्गीलाई भने अर्कै व्यस्तताले गाँजेको छ । सुदूरपश्चिमबाट पश्चिम पोखरासम्मको दूरी, खेलाडीको थकान, उनीहरूको स्वास्थ्य अवस्थाको चिन्ता छ नै ।

त्योभन्दा पोखरा रंगशालामा पुग्ने व्यग्रता उनीलगायत सबै पदाधिकारीको मुहारमा झल्किएको छ ।

बस धनगढीबाट सोधै पोखरातिर हुइँकिएको छ रातारात । कल्याण निदाएका छैनन् । कल्पिँदैछन्, ‘लिग च्याम्पियनको ताज त उहिल्यै नै पहिरिएको हो, एक खेप आहा रारा गोल्डकप जित्न पाए पो !’

०००

सहारा हङकङ त शोकमा छ । एउटा बलियो खम्बा बिल तामाङ पो अस्ताएका हुन् त गत साल । कति ठूलो दुर्भाग्य ।

दीपक गुरुङ अनि सहारा परिवार त्यो शोकबाट निस्कनै सकेका छैनन् अझै पनि ।

उनी हुँदा हुन त कस्तो माहोल बन्दै गथ्र्यो होला आहा रारा गोल्डकपका बेला ।

तर बिलको योगदान त मर्न दिनै हुन्न अनि सहारा हङकङको अभिभावकत्व पनि त डगमगाउन दिनुभएन । हङकङका मनकारीहरूले यो कुरा कसरी बुझेका !

‘यसपालि उपविजेताको पुरस्कार राशि सहारा हङकङको तर्फबाट’ यस्तो घोषणा भो ।

पोखरेली सहारा परिवार भावविह्वल भए । रंगशालामा बिलका लागि मौनधारण भइरहँदा आकाशबाट पक्कै पनि बिलले मुस्कुराउँदै हेरिरहेका होलान् । 

ह्याट्स अफ सहारा हङकङ ।

००० ‘हामी त एक गाडी नै रिजर्भ गरेर आएको । सेमिफाइनल जितेपछि पाटनमा बस्नै मनलागेन । यसपालिको होली फुटबल हेरेर मनाउने ।’थ्रीस्टार क्लबका समर्थकको झुन्ड नै पोखरा रंगशालामा झुम्मिएको छ । मैदानभर नीलो रंगको झण्डामा सेतो तीन तारे फहराएको छ ।हरेक आक्रमणमा रंगीचंगी रंगहरूले वातावरण नै उल्लासमय बनाइदिन्छ ।

२०६३ सालको त्यही संस्करणमा त हो नि स्टार पोखरेली अनिल गुरुङले गोल के गरेका थिए, समर्थकहरूकै अँगालोमा बेरिए पुगे उनी । फर्किंदा त गाला राताम्ये । फुटबलसँगै होली पनि खेल्न भ्याएछन् समर्थकले ।

ओहो ! यो कस्तो दृश्य । स्क्रिप्ट लेखेर सुटिङ गर्दा पनि कहाँ बन्न सक्ला र यस्तो दृश्य त ?

‘टिमीसँग डुंगामा घुम्दाघुम्दै फेवाताल, नसोध कस्टो भयो होला मेरो डिलको हाल’

दिँउसो फेवातालमा यही बोलको गीत गुनगुनाएका थ्रीस्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठले अहिले घुमुर्किएको माछा कुँदिएको ट्रफी चुम्दै भन्दैथिए, ‘यो त्रफी चुम्दा कति मज्जा आँउछ, यो बेला नसोध मेरो डिलको हाल !’ (श्रेष्ठको नेवारी लवजमा)

००००

‘हैन यो बसपार्कलाई कहिलेसम्म पिसाबको आहाल बनाउने,’ दोहोरी गीत गाउन खुब मनपराउने तर फुटबलमा रमाउने बसन्त थकालीको मथिँगल नमज्जाले रन्थनियो । 

सबै सदस्यको कुरो मिल्यो । आखिर समाजसेवाको भावनामा कसरी सबैको एकस्वर भएको । यस्तो त कमै संस्थामा हुने गर्छ ।

‘बैंशमा समुद्र नि तरौं जस्तै लाग्ने’ भएर न पो हो कि सहाराका संस्थापन सदस्यहरू फुटबल नि खेल्ने बसपार्क पनि सपार्ने धुनमा यसरी लागे । यसरी लागे कि क्लब त थाहा पत्तो नलागी देशको नमुना क्लब बनिसकेछ ।

देशको मात्र होइन, विश्वभरि नै । युकेमा दोबिल्ला एकेडेमी सपार्ने योजना बन्छ, हङकङमा सहारा नाइटमा चन्दा संकलन हुन्छ अनि अस्ट्रेलियामा सहारा सहयोगको अभियान चल्छ ।

बीरभद्र आचार्यले खाडीको गर्मी झेल्नुभन्दा सहाराकै तर्कनामा वढी समय बिताए क्यारे । घरमा प्यारी छोरी जन्मिदा एक सेकेन्ड ढिला नगरी नाम राखे ‘सहारा’ ।

सहारा पदाधिकारीहरूले गरेको संघर्षका कथाहरू बिर्सिदिउँ । त्यो सबै सफलताको रूपमा परिणत भइसकेको छ ।

देउसीमा घन्काइएका मादलका धुनमा, टिकट बेच्न खटिएका गर्भवती स्वयंसेवकको पसिनामा, दोबिल्लासम्म लाखौं पटक नापिएका पाइलाहरूमा, फुङ्ग उडेको मैदान हरियाली बनाउन पानी छर्ने हातहरूमा, खोइ कहाँ खोइ कहाँ यस्ता हजारौं हातहरू छन् ।

०००

छिप्पिँदै गएको साँझमा लोकल ऐला र घिर्लिङको स्वादमा हामी रम्दै थियौं । मैले सोधें, ‘न पुग्दो बजेट, न मजबुत स्वरुप, न त सफलताको ग्यारेन्टी, कसरी आँट्नुहुन्छ हो यति ठूलो गोल्डकप ?’

विक्रम थकालीले जवाफ दिए, ‘हामी हिम्मतको इतिहास कोर्दैछौं ।’

एकताको के कुरा । कहिले सोच्छु लोभलालच किन नभएको होला यिनीहरूमा ।

रारा चाउचाउ खाँदै गर्दा सुदर्शन रञ्जितलाई एक खेप जिस्किँदै सोधें, ‘ए दाइ, अब तपाईं बन्ने हैन भन्या सहाराको अध्यक्ष ?’दाजुले हाँस्दै भने, ‘‘म यता लागें भने फोटो खिच्दा फोकस आउट हुन्छ के !’ 

०००

‘किन काठमाडौंबाट पत्रकार झिकाउनुपर्यो ?,’ प्रश्न ठोक्कियो, ‘हामी छँदै छौं नि ।’

प्रश्नभन्दा यसको जवाफ प्यारो छ ।

क्याराभान गोल्डकपले अर्को वर्ष आहाको स्वरुप लिँदा सुदर्शन रञ्जितलाई हुनुपर्छ, लागेछ कभरेज राष्ट्रिय स्तरको हुन पाए पो त मज्जा ।

काठमाडौंबाट रिपोर्टिङ गर्न एक हूल पत्रकार मगाइए । यातायात, होटल, खाना, कहिलेकाहीँ दारु पार्टी पनि । खर्च त हुने नै भयो । हल्का नखरा पनि हेर्नुपर्ने ।

सायद ४–५ वर्ष यस्तै क्रम चलेको हुनुपर्छ । सधैँ यसरी त चल्दैन भो ।

‘अच्छा प्रशिक्षण कार्यक्रम गरौं न,’ सहारालाई फुर्यो । देवेन्द्र सुवेदीले नै हो, दुई दिन दुई रात होटलमै बन्दी भएर प्रशिक्षण दिएको ।

त्यसपछि हूल बाँधेर आउने काठमाडौंका पत्रकार त फुर्सदिला भइहाले नि ।

पाँचौं वर्षको फाइनलको साँझ म तातोपानी बोर्डरको खासा बजारमा लखरलखर डुलिरहेको थिएँ । मरेको सर्प डुबाइएको रक्सीको स्वाद कति नमीठो भएथ्यो ।

आजको दिनमा फुटबल रिपोर्टिङमा पोख्त पत्रकार कुनै जिल्लामा छ भने त्यो पोखरामै छ भनेर मज्जाले भन्न सकिन्छ नि । फुटबलमै घोत्लिन पाँउदैनन्, अलराउन्डर हुनुपर्ने ! र पनि गजबै लेख्छन् ।

‘अनि पोखरेली दर्शकले मनाङको विपक्षमा हुटिङ गरे.. ।’ अस्ति लिगमा पत्रकार विकास मगरले लेखेको न्युज कम्ता स्वादिलो भाथ्यो ।   ठूला गोल्डकप त देशभर नै हुन्छ नि । खोइ यति चुस्तता ।

०००

आलोचना पनि हुन्छ । अझ स्पष्ट भाषामा भन्नुपर्दा आरिसेहरू कहाँ हुन्नन् र ?

‘बेलायतवालाहरू छुट्टी मनाउन आएका त हुन् नि । सहाराकै लागि मात्र आका हुन् र ! गाउँ पनि जान्छन् । अर्कै खेलोमेलो पनि हुन्छ, पशुपतिको जात्रा सिद्राको ब्यापार त हो नि,’ आरिसेहरू भुतुक्क हुँदै बर्बराउँछन् ।

ओहो भाइ ‘...दसैं हो दसैं आहा रारा गोल्डकप । दसैंमा आउन्नन् तर आहा रारा छुट्याँउदैनन् । बुझिस ! किन आरिस गर्छस् ओइ ?

छिर्के पनि अनेक तरिकाले लगाउनेहरू छन् । अर्को प्रतियोगिता रूपमा सौता नै हालिदिए, आधिकारिकवाला भनाँउदाहरूले ।

सातदोबाटोमा बसेकाहरू प्रतियोगिताको ’डेट’ दिँदा आफ्नै ‘किड्नी’ दिएजस्तो गर्ने । कसैलाई आहा गोल्डकपकै बेला रंगशालाको पर्खाल भत्काउनुपर्ने पुनर्निर्माणलाई ।

सहारा दि ज्याद्रो ! रोकिनै जानेको छैन । काठमाडौं गएर नि लड्ने । जसरी पनि निरन्तरता दिएरै छाड्ने ।

यसपालि त कोरोनाको तेस्रो लहरले पनि आहा गोल्डकप बिगार्न नै पर्खिरहे जस्तै देखियो । त्यसमाथि संयोगवश एन्फाले फाइनलको दिन मोरिससको म्याच राख्या छ ।

र, पनि सहारा किन रोकिन्थ्यो । दर्शक नराखिकनै भए पनि खेल जारी छ ।

अनि रंगशालामा निरन्तर गीत घन्किरहेछ, ‘स्वागतम् स्वागतम् सहाराको स्वागतम्, आहा रारा गोल्डकपमा ।’