अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मेड्भेडेभ भिड्ने

मेलबर्न । स्टेफानोस सित्सिपासलाई ३–१ सेटको नतिजामा पराजित गर्दै ड्यानियल मेड्भेडेभले अस्ट्रेलियन ओपनको फाइनलमा राफेल नाडालसँगको भेट निश्चित गरेका छन् ।

शुक्रबार मेलबर्न पार्कमा भएको दोस्रो सेमिफाइनलमा ६–७ (५–७) ६–४ ४–६ १–६ को नतिजामा पराजित गर्दै २० पटकका ग्रान्डस्लाम च्याम्पियनसँगको खेल्ने निश्चित गरेका हुन् ।

लगातार दोस्रो पटक अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पुगेका मेड्भेडेभ गत वर्ष नोभाक जोकोभिचसँग पराजित भएका थिए । सित्सिपास गत वर्ष पनि सेमिफाइनलबाट बाहिरिएका थिए ।

गत वर्षका युएस अ‍ोपन च्याम्पियन मेड्भेडेभले एक पटकका अस्ट्रेलियन च्याम्पिनयको सामना गर्नेछन् । नाडालले पछिल्लो पटक २००९ मा अस्ट्रेलियन ओपन जितका  थिए । त्यसयता चार पटक फाइनल पुगेर पनि नाडालले उपाधि जित्न सकेका छैनन् ।