अफ्रिका कप अफ नेसन्स

ट्युनिसिया क्वार्टरफाइनलमा

युउन्डे । युसेफ मसाक्नीको निर्णायक गोलमा ट्युनिसियाले आइतबार नाइजेरियालाई १-० ले हराउदै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफायनलमा स्थान पक्का गरेको छ ।

प्रशिक्षक मोन्डहेर केबायरका साथै केही खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि ट्युनिसिया दबाबमा थियो । जारी प्रतियोगिताको

समूह चरणको तीन वटै खेल जित्ने एक मात्र टोली नाइजेरियाले क्वार्टरफाइनलमा भने स्थान बनाउन सकेन । 

ट्युनिसियाले क्वार्टरफाइनलमा बुर्किना फासोको सामना गर्नेछ । बुर्किना फासोले टाइब्रेकरमा गाबोनलाई ७-६ ले पराजित गरेको थियो । ४७औैं मिनेटमा मसाक्नीले गरेको गोल ट्युनिसियाको जितमा पर्याप्त बन्यो ।

अन्तिम १६ अन्तर्गत सोमबार हुने पहिलो खेलमा गिनीले जाम्बियाको सामना गर्दा दोस्रो खेलमा आयोजक क्यामरुनले कामोरोसको सामना गर्नेछ ।