अस्ट्रेलियन ओपन

कोलिन्स क्वार्टरफाइनलमा

मेलबर्न । अमेरिकाकी ड्यानियल कोलिन्स अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।

सोमबार मेलबर्नमा पार्कमा भएको चौथो चरणको खेलमा कोलिन्सले एलिसे मेर्टेन्सलाई ४-६ ६-४ ६-४ को सेटमा पराजित गरिन् । पहिलो सेट ४-६ ले गुमाए पनि कोलिन्सले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै क्वार्टरफाइलनमा आफ्नो स्थानमा सुरक्षित गरिन् ।

सन् २०१४ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी कोलिन्स गत वर्ष ओपनको दोस्रो चरणबाट बाहिरिएकी थिइन् । कोलिन्स यसअघि सन् २०१९ मा ओपनको सेमिफाइनल पुगेकी थिइन् ।

उनले सेमिफाइनल प्रवेशका लागि वरियताको १५औं स्थानमा रहेकी सिमोना हालेप र ६१औं स्थानकी एलिज कोर्नेटबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।