इटालियन सिरी ‘ए’

इन्टरलाई पाँच अंकको अग्रता

मिलान । अन्तिम मिनेटमा इडेन जेकोले गरेको गोलमा इन्टर मिलानले शनिबार भेनेजियालाई २-१ ले निराश पार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

सिमोनी इन्जाघीको टोली सन् २०२० को अक्टोबरपछि घरेलु मैदान सान सिरोमा पहिलो पटक अंक गुमाउने संघारमा पुगे पनि जेकोले इन्टरको उद्धार गरेका हुन् । 

१९औं मिनेटमा थोमस हेनरीको गोलमा भेनेजियाले अग्रता लिएको थियो । ४०औं मिनेटमा निकोलो बारेल्लाले इन्टरलाई खेलमा फर्काएका थिए । ९०औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले जित पक्का गरेको थियो ।

इन्टर २२ खेलमा ५३ अंकसहित शीर्ष स्थानमा छ,जुन समान खेल खेलको दोस्रो स्थानको एसी मिलान भन्दा पाँच अंक बढी हो ।

नेपोली ४६, एट्लान्टा ४३ र युभेन्टस ४१ अंकसहित क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

अन्तर्राष्ट्रिय विश्रामपछि इन्टरले मिलान डर्बीमा फेब्रुअरी पाँच मा एसी मिलानको सामना गर्नेछ । भेनेसजयाले भने सोही दिन नेपोलीलाई अतिथ्य गर्नेछ ।