इङ्लिस प्रिमियर लिग

सिटीको जित यात्रामा पूर्णविराम

लन्डन । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर युनाइटेडको जित यात्रामा १३औं खेलमा आएर पूर्णविराम लाग्दा म्यानचेस्टर युनाइटेडले भने अन्तिम समयमा गोल गर्दै वेस्ट हममाथि जित दर्ता गरेको छ ।

प्रिमियर लिगमा शनिबार चाडो गरि सम्पन्न खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको थियो । वेस्ट हमका प्रशिक्षक डेविड मोइसको युनाइटेडविरुद्धको खराब लयले भने निरन्तरता पायो ।

सिटी साउथहमटनसँग १-१ को बराबरीमा रोकिएको हो । सिटीले पछिल्लो १२ खेलमा लगातार जित हात पारेको थियो । 

यस सिजन भएको दुवै भिडन्तमा साउथहमटनले सिटीसँग हार टारेको छ । 

सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २१ खेलमा ४५ अंक बटुलेको लिभरपुल दोस्रो स्थानमा छ भने चेल्सी ४४ अंकसहित तेस्रो र युनाइटेड ३८ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानको वेस्ट हमको ३७ अंक छ । साउथहमटन २५ अंकसहित १२ औं स्थानमा छ । 

सातौ मिनेटमा काइल वाल्कर पिटर्सको गोलमा साउथहमटनले अग्रता लिएको थियो । ६५औं मिनेटमा एमरिक लापोर्टेले सिटीलाई खेलमा फर्काएका थिए । 
युनाइटेले भने रासफोर्डएको निर्णायक गोलमा वेस्ट हमलाई हराएको हो । इन्जुरी समयको तेसो मिनेटमा रासफोर्डले गोल गरेका थिए ।

त्यस्तै न्युक्यासल युनाइटेडले लिड्स युनाइटेडलाई १-० ले हराउँदा उल्भरहमटनले ब्रेन्टफोर्डलाई २-१ ले निराश पार्यो ।