फिफा

फिफा अध्यक्ष इन्फिान्टिनो दोहा सरेकोमा ब्लाटरको आपत्ति

ज्युरिच । फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटरले वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो असल नेतृत्वकर्ता नभएको बताएका छन् ।

ब्लाटरले सन् २०२२ को विश्वकप अघि इन्फान्टिनो कतारमै बसोबास गर्न थालेकोप्रति पनि असन्तुष्टी जनाए । 

फिफाले कतारमा यसै वर्ष आयोजना हुने विश्वकपको तयारीलाई मद्दत पुगोस भन्ने उदेश्यले इन्फान्टिनो केही समयका लागि ज्युरिचबाट दोहो सरेको पुष्टी गरेको थियो ।

ब्लाटरले इन्फिान्टिनोले खराब निर्णय गरेको आरोप लगाए ।

‘इन्फान्टिनो राम्रो अध्यक्ष होइनन् र मैले यो भन्नै पर्छ । उनले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन्’, ब्लाटरले भने, ‘विश्वकप आयोजना हुने देशमा उनले आफ्नो कार्यालय स्थापना गर्छन र त्यही बसोबास गर्छन भन्ने मैले कहिले सोचेको पनि थिइन । फिफा अध्यक्ष ज्युरिचस्थित फिफाको हेडक्वाटरमै बस्नुपर्छ ।’