चेल्सी

सिल्भा थप एक वर्ष चेल्सीमै

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर थिएगो सिल्भासँगको सम्झौता नविकरण गरेको छ ।

नयाँ सम्झौताअनुसार ब्राजिलका ३७ वर्षिय सिल्भा सन् २०२२/२३ सम्म प्रिमियर लिगमै रहनेछन् ।

सन् २०२०/२१ को सिजनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट ‘फ्रि ट्रान्सफर’ मा स्टामफोर्ड ब्रिज भित्रिएका सिल्भाले चेल्सीबाट ३४ खेल खेलेका छन् ।

सिल्भाले यस सिजन सबैखाले प्रतियोगितामा चेल्सीबाट २२ खेल खेलेका छन् ।

‘चेल्सीबाट खेल्न पाउँनु निकै खुसीको कुरा हो । चेल्सबाट तीन वर्ष खेल्छु भन्ने मैले कहिल्यै सोचेको थिइन । क्लबसँगको सम्झौता थप एक सिजनका लागि थप्न पाउँदा निकै खुसी छु,’ सम्झौता नविकरणपछि सिल्भाले भने ।