मोनाको

मोनाकोको प्रशिक्षकमा क्लेमेट नियुक्त

काठमाडौं । फ्रेन्च क्लब मोनाकोको मुख्य प्रशिक्षकमा फिलिप क्लेमेट नियुक्त भएका छन् । दुई दिनअघि पूर्व प्रशिक्षक निको कोभाच क्लबबाट बर्खास्त भएसँगै बेल्जियन प्रो लिगको क्लब ब्रुगको नेतृत्व गरिरहेका क्लेमेट मोनाको आउने भएका हुन् ।

क्लेमेटले क्लब ब्रुगलाई बेल्जियन प्रो लिगको उपाधि र बेल्जियन सुपर कप २०२१ को उपाधि दिलाएका थिए । बार्यन म्युनिखका पूर्व प्रशिक्षक कोभाच २०२० मा रोर्बट मोरिनोको स्थानमा तीन वर्षको लागि अनुबन्ध भएका थिए ।

२०२१ मा मोनाकोले चार लिगमा तीन खेल जितेको छ । तर शनिबार कोभाचलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

मोनाको कप डी फ्रान्समा कोएभेली रोयनसँग ३–१ ले पराजित भएको थियो । आगामी आइतबार लिग वानअन्तर्गत मोनाकोले नान्टेसको यात्रा गर्नेछ ।

मोनाको १९ खेलमा २९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । पेरिस सेन्ट जर्मन (पिएसजी) समान १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ ।