एसेस टेस्ट शृंखला

स्टुवार्ट ब्रोड इङ्ल्यान्डको पहिलाे राेजाइमा

क्यानबेरा । अस्ट्रेलियाविरूद्धको चौथों एसेस टेस्टमा इङ्ल्यान्डले बलर स्टुवार्ट ब्रोडलाई टोलीमा समावेश गरेको छ ।

सिड्नीमा हुने चौथो एसेसको तयारी गरिरहेको इङ्ल्यान्डले ओली रोबिन्सनको स्थानमा ब्रोडलाई बोलाइएको हो ।

गत साता तेस्रो टेस्टमा पराजय भएसँगै ३–० ले शृंखला गुमाएको इङ्ल्यान्डले पहिलो पटक  सुरूआती ११ परिवर्तन भएको हो ।

चौथो टेस्टमा आयोजक अस्ट्रेलियाका ब्याटर उस्मान ख्वाजाले पनि टोलीमा पुनरागमन गरेका छन् । अस्ट्रेलिया र इङ्ल्यान्डबीचको चौथो टेस्ट मंगलबारबाट सुरु हुदैछ ।

ख्वाजा कोभिड १९ को पुष्टि भएपछि टोलीबाट बाहिरिएका थिए ।

इङ्ल्यान्डको सुरुआती ११ टोली:
हासिब हामिद, जेक क्रली, डेविड मलान, जो रूट (कप्तान), बेन स्टोक्स, जोनी बेरेस्टो, जस बटलर, मार्क उड, ज्याक लिच, स्टुवार्ट ब्रोड र जेम्स एन्डरसन