जर्मन बुन्डेसलिगा

मोन्चेग्लाडबाखको यात्रामा पूर्णविरााम लगाउँदै जाकारिया

बर्लिन । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेग्लाडबाखले यस सिजनको अन्त्यपछि डेनिस जाकारियाले क्लब छोड्ने पुष्टी गरेको छ ।

बुधबार मात्र रक्षक माटियास गिन्टरले पनि यस सिजन सम्झौता सकिएपछि मोन्चेग्लाडबाखको यात्रामा पूर्णविराम लगाउने बताएका थिए ।

जाकारिया सन् २०१७ मा योङ ब्वाइजबाट मोन्चेग्लाडबाघ भित्रिएका थिए ।

 २५ वर्षिय डिफेन्सिभ मिडफिल्डर जाकारियालाई भित्राउन बुन्डेसलिगा महारथी बायर्न म्युनिखका साथै इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल, स्पेनिस ला लिगाको क्लब बार्सिलोना र इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसले इच्छा देखाउँदै आएका छन् ।

‘जाकायिराले यस सिजनको अन्त्यपछि क्लबसँगको सम्झौता नविकरण नगर्ने जानकारी गराएका छन्’, मोन्चेग्लाडबाघले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ ।

१७ खेलको समाप्तीमा १९ अंक जोडेको मोन्चेग्लाडबाघ १४ औं स्थानमा छ ।