किलियन एमबाप्पे

जनवरीमा पिएसजी छाड्दिनः एमबाप्पे

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले जनवरी ट्रान्सफर विन्डोमा स्पेनिस क्लब रियाल मड्रिड नजाने बताएका छन् ।

पिएसजी र एमबाप्पेबीचको सम्झौता सकिन मात्र ६ महिना बाँकी छ । र, यसअघि एमबाप्पेको सरुवाका लागि रियाल मड्रिडले गरेको निकै ठुलो प्रस्ताव पिएसजीले नकारेको थियो ।

२३ वर्षिय फ्रेन्च स्ट्राइकर एमबाप्पेले मध्य सिजन चलिरहदा क्लब छाड्ने सोच नरहेको बताएका हुन् ।

‘जनवरीमा म रियाल मड्रिड जाने छैन । म निकै खुशी छु र शतप्रतिसत रुपमा पिएसजीकै खेलाडीको रुपमा सिजनको अन्त्य गर्नेछु । यस वर्ष पिएसजीलाई सबै उपाधि दिलाउन म आफ्नो सम्पूणर् दिनेछु,’ एमबाप्पेले भने, ‘च्याम्पियन्स लिग र घरेलु लिगको उपाधिका जित्दै क्लबका समर्थकलाई खुशी दिन चाहन्छु । म एक फ्रेन्च हु र पिएसजी मेरो सहर हो । म यहाँ खुशी छु ।’