सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा आर्मी र सातदोबाटो बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् ।

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो ।

तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।  

आर्मी चार खेलमा दुई जित र दुई बराबरीको नतिजापछि आठ अंकसहित तेस्रो स्थानमा छ भने सातदोबाटो समान खेलमा दुई जित, एक बराबरी र एक हारको नतिजापछि सात अंकका साथ पाँचौ स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट पाँचौ चरणका खेलहरु सुरु भएका हुन् । 

आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लबले चौथो स्थानको स‌कटाको सामना गर्दैछ ।