सहिद स्मारक ‘ए’ डिभिजन लिग

मच्छिन्द्रलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मन्छिन्द्र फुटबल क्लबले पहिलो हाफमा हिमालयन शेर्पाविरुद्ध १-० को अग्रता लिएको छ । 

२९औं मिनेटमा सुनिल बलले गरेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो । रक्षक ओमोलाजा नुरेन करिमको फ्रि किकलाई सुनिलले पोस्टको  दिशा दिएका थिए ।

१२औं मिनेटमा नुर्लान जाहिदको प्रहार बारमा लागेर फर्कदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमायो ।
मन्छिन्द्र तीन खेलमा सात अंकसहित चौथो स्थानमा छ भने हिमाललयनको तीन खेलमा मात्र एक अंक छ ।