एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता

लक्ष्मी पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि लक्ष्मी चन्दले पहिलो पटक नेपाली महिला राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् ।

नेपाल भलिवल संघ (एनभिए) ले लक्ष्मी सहित १२ सदस्यीय टोली घोषणा गरेको हो । लक्ष्मीले पहिलो पटक स्थान बनाउदा सरस्वती जैशी, निरुता थगुन्ना र कबिता भट्ट बाहिर रहे । 

यस अघि महिला टोलीका प्रशिक्षक जगदीश भट्टले गत शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छ्नोट गरेका थिए ।

 टोलीमा लक्ष्मीले पहिलोपटक स्थान बनाउदा शान्ती थारु,  कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला र पुरुष टोली अहिले बन्द प्रशिक्षणमा छन् ।ले

छनोट भएका १२ खेलाडी ः 
प्रतिभा माली, सरस्वती चौधरी,शान्ति थारु,उषा भण्डारी, सफिया पुन,सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी