इङ्लिस प्रिमियर लिग

शीर्ष स्थान उक्लने दाउमा सिटी

लन्डन । इङ्लिस प्रिमियर लिगमा बुधबार ६ खेलहरु हुँदैछन् ।

लिगको १४औं चरणअन्तर्गत म्यानचेष्टर सिटी र लिभरपुल आ–आफ्नो खेलमा मैदान उत्रदा शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछन् ।

पहिलो खेलमा साउथह्याम्पटन र लेष्टर सिटी प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा वाट्फोर्ड र चेल्सीबिच हुनेछ ।

तेस्रो खेलमा वेष्ट ह्याम युनाइटेड र ब्राइटन, चौथों खेलमा उल्भ्स र बर्नली तथा पाँचौ खेलमा एष्टन भिल्ला र म्यानचेष्टर सिटी भिड्दा छैटौं खेलमा एभर्टन र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । सबै खेल नेपाली समयअनुसार १ः४५ बजेबाट सुरु हुदैछ ।

म्यानचेष्टर सिटीले एष्टन भिल्लाविरुद्ध खेल्दै गर्दा शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । पछिल्ला खेलमा लयमा रहेको सिटी १०औं जित निकाल्दै एक खेल कम खेलेको चेल्सीविरुद्ध दुई अंकको अग्रता बनाउने लक्ष्यमा हुनेछ ।

यता २८ अंकका साथ तेस्रो स्थानमा रहेको लिभरपुल समेत शीर्ष स्थानको योजनामा छ ।

लिग तालिकामा १३ खेल खेलेको चेल्सी ३० अंकका साथ शीर्ष स्थानमा छ । भने समान खेल खेलेको म्यानचेष्टर सिटी २९ अंकका साथ दोस्रो स्थानमा छ ।