इटालियन सिरी ‘ए’

युभेन्टस सहज अवस्थामा छैनः एलेग्री

रोम । इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले यस सिजन क्लबका लागि सहज नभएको बताएका छन् ।

मंगलबार राति युभेन्टसले सिरी ‘ए’ अन्तर्गत सेलनिटानाविरुद्ध २–० को जित हात पारेको थियो ।

केही समयदेखि खराब लयमा रहेको युभेन्ट्सले यसअघि चेल्सी र एट्लान्टासँग पराजय भोगेको थियो ।

‘हामीले एटलान्टासँग हार्यौ । साथै सेलनिटानाविरुद्ध थप गोल सकेनौ । यो सिजन युभेन्टस सहज अवस्थामा छैन । क्लबले हाम्रो लागि धेरै गरेको छ अहिले आफ्नो कर्तव्यको पालना गर्दै क्लबको विश्वास फिर्ता गर्नुपर्ने समय आएको  । हामीले खेलमा अझै ध्यान दिन आवश्यक छ किनकि साना क्लबहरुसँग धेरै पटक बेहोरेका छौं,’ उनले भने ।

‘सेलनिटाविरुद्ध उत्रिएका युवा खेलाडीले दबाबका बावजुद पनि धेरै राम्रो प्रदर्शन गरे । धेरै पटक अंक गुमाएका कारण टोली अहिले लिगमा लय समात्न सघर्षरत छ । टोलीमा क्षमतावान खेलाडी रहे पनि घेरै गल्तीहरु भएका छन् । हामीले फरवार्ड र डिफेन्समा सुधार गर्नु आवश्यक छ,’ एलेग्रीले थपे ।

सेलनिटानासँगको जितसँगै युभेन्टसले १५ खेलमा २४ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।