शहिद स्मारक ए डिभिजन लिग

मंसिर २० गतेका लागि तय खेल दुई दिन पछि धकेलियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ ।

एन्फाले बुधबार विज्ञप्ती जारी गर्दै मंसिर २० गते दशरथ रंगशालमा लागि अन्य कार्यक्रम तय भएकाले मैदान उपलब्ध नहुने भएकाले सो दिनका लागि तय हिमालयन शेर्पा र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल मंसिर २२ गतेका लागि सरेको जनाएको छ ।

एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो । शुक्रबारबाट सुरु हुँने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।