राखेप

सदस्य सचिव र क्रिकेट खेलाडीको भेट


काठमाडौं । राष्ट्रिय पुरुष र महिला क्रिकेट खेलाडीले मंगलबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई  भेट गरेका छन् ।

पूर्वकप्तान पारस खड्काको नेतृत्वमा गएको टोलीले  भेटका अवसरमा  क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । 

सदस्य सचिव घिसिङले  क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।