इङ्लिस प्रिमियर लिग

चेल्सीको शीर्षता कायमै, सिटी र लिभरपुलको जित

लन्डन । हाकिम जेइजको गोलमा चेल्सीले इङ्लिस प्रिमियर लिगमा आफ्नो शीर्षता कायम राखेको छ ।

प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सीले वाट्फोर्डमाथि २-१ को जित हात पारेको हो ।

१४ खेलमा ३३ अंक बटुलेको चेल्सी शीर्ष स्थानमा बस्दा समान खेलमा ३२ अंक बटुलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । लिभरपुल ३१ अंकका साथ तेस्रो स्थानमा रहँदा वेस्ट हम २४ र आर्सनल २३ अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।
]

२९औं मिनेटम मेसन माउन्टको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४३औं मिनेटमा डेनिसले वाट्फोर्डलाई खेलमा फर्काएका थिए । 

७२औं मिनेटमा जेइजले गरेको गोलमा चेल्सीले तीन अंकसहित शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको हो ।

प्रिमियर लिग अन्तर्गत बुधबार नै भएको खेलमा सिटीले एस्टन भिल्लामाथि २-१ को जित हात पार्दा लिभरपुलले एभर्टनलाई ४-१ ले पराजित गरेको थियो ।