स्पेनिस ला लिगामा

जाभीको प्रशिक्षणमा खेल्दा थप दबाब महसुस गरेको छुः पिके

मड्रिड । बार्सिलोनाका रक्षक जेरार्ड पिकेले आफ्ना पूर्व टोली सहयात्री जाभी हर्नान्डेजको प्रशिक्षणमा खेल्दा थप दबाब महसुस गरे पनि उनलाई निराश नपार्ने बताएका छन् ।

अक्टोबारको अन्त्यमा रोनाल्ड कोम्यान बर्खास्तमा परेपछि जाभी बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । 

जाभीको प्रशिक्षणमा बार्सिलोनाले तीन खेल खेलेको छ र तीन वटै खेलमा पिके पहिलो रोजाईमा मैदान उत्रिएका थिए । तीन खेल मध्ये बार्सिलोनाले दुई खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ ।

बार्सिलोना अहिले स्पेनिस ला लिगाको १०औं स्थानमा छ ।

‘जाभी अएका छन् । उनले यसअघि नै आफूलाई प्रमाणित गरिसकेका छन्’',पिकेले भने, जाभीको प्रशिक्षणमा खेल्दा मैले थप दबाब महसुस गरिरहेको छु तर म मेरो प्रदर्शनबाट उनलाई निराश भने पार्न चाहन्न ।'

लियोनल मेसीको बर्हिगमनपछि कुनै पनि प्रतियोगितामा बार्सिलोनाले स्वभाविक स्तर अनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।

पिकेले बार्सिलोना छोड्ने कुनै इच्छा नभएको बताएका छन् ।