इटालियन सिरी ए

युभेन्टसको सहज जित

मिलान । सेलनिटानामाथि २-० को जितका साथ युभेन्टसे इटालियन सिरी ‘ए’ मा जितको लयमा फर्किएको छ ।

शनिबार एट्लान्टासँग पराजित भएपछि युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले आफ्नो टोली सिरी ‘ए’ को उपाधि दौडबाट बाहिरिसकेको बताए । गत बुधबार च्याम्पियन्स लिगमा युभेन्टसले चेल्सीलाई ४-० को नतिजा सुम्पिएको थियो ।

२१ औं मिनेटमा पाबलो डिबालाले गरको गोलमा युभेन्टसले अग्रता लिएको थियो । ७०औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसको अग्रता दोब्बर पारे ।

युभेन्टस १५ खेलमा २४ अंकका साग सातौ स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा ११ अंक कम हो ।

युभेन्टसले आइतबार जिनोवाको सामना गर्दैछ ।