फ्रेन्च लिग वान

नेइमार छिट्टै मैदान फर्कने पोचेटिन्होको विश्वास

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले स्ट्राइकर नेइमारको चोटका बारेमा सोमबार गरिने थप परिक्षणपछि मात्र केही भन्न सकिने बताएका छन् ।

सेन्ट इटेनीविरुद्ध ३-१ को जित हात पारेको खेलको ८८ औं मिनेटमा नेइमार कुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

‘अहिले केही भन्न सकिदैन । कुर्कच्चाको चोटका कारण नेइमारलाई मैदान बाहिर ल्याइएको हो,’ पोचेटिन्होले भने, ‘सोमबार गरिने परिक्षणबाट उनको अवस्थाको बारेमा विस्तृतमा थाहा हुन्छ । आशा छ नेइमार छिट्टै चोटमुक्त हुँदै मैदान फर्कनेछन् ।’