इटालियन सिरी ए

मिलान सासौलोसँग स्तब्ध

मिलान । सासौलोलाई ३-१ को नतिजा सुम्पिएपछि एसी मिलानले इटालियन सिरी ए को शीर्ष क्लब नेपोलीसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।

नेपोलीले लाजियोमाथि ४-० को सहज जितसहित शीर्षता कायम राखेको थियो । नेपोली ३५ अंकका साथ शीर्ष स्थानमा छ भने ३२ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । इन्टर मिलान भने ३१ अंक जोड्दै तेस्रो स्थानमा छ ।

सासौलोलाई नतिजा सुम्पिएपछि मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने टोलीले धेरै गल्ती गरेको र त्यसैको मुल्य चुकाएको बताए ।

सिरी ‘ए’ को पछिल्लो खेलमा मिलानले फियोरेन्टिनालाई नतिजा सुम्पिएको थियो ।