सहिद स्मारक लिग

जित यात्रा निरन्तरताको लक्ष्यमा मनाङ, च्यासल पहिलो जितको खोजीमा

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा च्यासल युथ क्लब र एपिएफ क्लब आमने सामने हुँदैछ ।

दुवै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन् । खेल दिउँसो एक बजे हुनेछ ।

च्यासलले पहिलो खेलमा थ्री स्टार क्लबलाई ३-० को नतिजा सुम्पिएको थियो ।

एपिएफ भने इन्जुरी समयमा सम्हालिन नसक्दा ब्रिगेड ब्वाइज क्लब( बिबिसी) सँग निराश भएको थियो ।

शनिबार हुने दोस्रो खेलमा मनाङ मस्र्याङदीले हिमालयन शेर्पा क्लबको समना गर्दैछ । 

मनाङ प्रतियागितामा लगातार दोसो जितको खोजीमा छ । मनाङले पहिलो खेलमा जाबलाखेल क्लबलाई १-० ले पराजित गर्दै लिगमा सुखद थालनी गरेको थियो ।

हिमालयन शेर्पा भने पहिलो खेलमा संकटा क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खेल दिउँसो ४ः४५ बजे हुनेछ ।