इङ्लिस प्रिमियर लिग

युनाइटेडको प्रशिक्षण सम्हाल्ने इच्छा छैनः आयाक्स प्रशिक्षक टेन हाग

लन्डन । आयाक्सका प्रशिक्षक इरिक टेन हागले इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हाल्न इच्छुक नभएको बताएका छन् ।

युनाइटेडले शािनबार वाट्फोर्डसँग ४-१ ले पराजित भएपछि ओले गनर सोल्सायरलाई बर्खास्त गरेको थियो ।

सोल्सायरको बर्खास्गतीपछि युनाइटेडको प्रशिक्षण सहायक प्रशिक्षक माइकल क्यारिकले गरिरहेका छन् ।

टेन हागलाई युनाइटेडको प्रशिक्षकको मुख्य दाबेदारको रुपमा हेरिएको छ । टेन हागको प्रशिक्षणमा आयक्सले लगातार दुई सिवन डच लिगको उपाधि जितिसकेको छ । 

उनकै प्रशिक्षणमा आयक्सले सन् २०१८-१९ को च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।

यस सिजन पनि आयक्सले उत्कृष्ट प्रदर्शन गर्दैै च्याम्पियन्स लिग नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

‘म अहिले आयक्सको प्रशिक्षणमा केन्द्रित छु,’टेन हागले भने, ‘हाम्रो टोली राम्रो छ । यो टोलीले अझ धेरै उपाधिहरु जित्न बाँकी छ । मलाई युनाइटेडबाट कुनै प्रस्ताव आएको छैन र म त्यसमा इच्छुक पनि छैन ।’