सहिद स्मारक लिग

ब्रिगेड ब्वाइजको सुखद सुरुआत

काठमाडौं । सुरज गुरुङले इन्जुरी समयमा निर्णायक गोल गरेपछि एपिएफ फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १३औं मिनेटमा दिनेश राईले गरेको गोलबाट बिबिसीले अग्रता लिएको थियो । तर १८औं मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो ।

६५औं मिनेटमा दिनेशकै गोलबाट बिबिसीले दोस्रो पटक अग्रता लिएको थियो । ७२औं मिनेटमा बिक्की तामाङले गोल गर्दै एपिएफलाई खेलमा फर्काएका थिए ।

इन्जुरी समयमा सुरजले गोल गरेपछि बिबिसीले ३–२ को जित निश्चित गर्यो ।

लिगअन्तर्गत आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र जावलाखेलबीच प्रतिस्पर्धा हुदैछ ।