स्पेनिस ला लिगा

ला लिगामा बार्सिलोना र रियाल मड्रिडको वर्चस्व समाप्त भइसक्योः सिमोनी

मड्रिड । स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमोनीले ला लिगामा बार्सिलोना र रियाल मड्रिडको वर्चस्व समाप्त भएको बताएका छन् ।

सिमोनीले बार्सिलोनाका मेसी, नेइमार र स्वारेज (एमएसएन) तथा रियाल मड्रिडका ग्यारेथ बेल, करिम बेन्जेमा र क्रिस्चियानो रोनाल्डो (बिबिसी) सँगै लिगमा बार्सिलोना र रियाल मड्रिडको वर्चस्व सकिएको बताएका हुन् ।

‘लिगका क्लबहरुबीच हाल त्यतिधेरै फरक छैन । बार्सिलोनाको एमएसएन र रियाल मड्रिडको बिबिसीको युगसँगै लिगमा दुबै क्लबको वर्चस्व समाप्त भइसक्यो,’ सिमोनीले भने, ‘ला लिगा अहिले सबै क्लबका लागी प्रतिस्पर्धात्मक बनेको छ ।’

ला लिगाअन्तर्गत शनिबार एट्लेटिको मड्रिडले घरेलु मैदानमा ओसासुनाविरुद्ध १–० को कठिन जित निकालेको थियो ।