स्पेनिस ला लिगा

ला लिगामा जाभीको सुखद सुरुआत

मड्रिड । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले स्पेनिस ला लिगामा सुखद सुरुआत गरेका छन् ।

जाभीको प्रशिक्षणमा बार्सिलोना शनिबार ला लिगा अन्तर्गत सम्पन्न खेलमा स्पानियोललाई १-० ले पराजित गरेको हो ।
लगतारको खराब नतिजापछि तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तगीमा परेपछि जाभी कतारी क्लब अल सादसँगको सम्झौता अन्त्य गर्दै क्याम्प नोउ भित्रिएका थिए ।

बार्सिलोना सहरी प्रतिद्धन्द्धी स्पानियोलसँग लगातार २३ खेलमा अपराजित रहँदै आएको छ । 

४८औं मिनेटमा मेम्पिस डिपेले गरेको गोल बार्सिलोनाको जितका लागि पयोीत बन्यो । 

बार्सिलोना १३ खेलमा २० अंकसहित छैटौ स्थानमा छ । जुन शीर्ष स्थानको सेभिया र दोस्रो स्थानको रियाल सोसिडाड भन्दा आठ अंक कम हो । रियाल मड्रिड २७ अंकसहित तेस्रो स्थानमा छ ।