इङ्लिस प्रिमियर लिग

आर्सनलको अपराजित यात्रामा पूर्णविराम, स्मिथको सुखद सुरुआत

लन्डन । लिभरपुलसँग ४-० ले निराश भएसँगै आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । 
 

३९औं मिनेटमा साडियो मानेले लिभपुललाई अग्रता दिलाएका थिए ।५२ औं मिनेटमा डियागो जोटाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । ७३औं मिनेटमा मोहम्मद सलाहाले लिभरपुलको अग्रता ३-० मा पुर्याएका थिए ।

 त्यसको चार मिनेटपछि ताकुमी मिनामिनोले लिभरपुलका लागि चौथो गोल गरे ।

आर्सनलमाथिको जितपछि लिभरपुल १२ खेलमा २५ अंकका साथ दोस्रो स्थानमा छ । 

जुन शीर्ष स्थानको चेल्सी भन्दा चार अंक कम हो । चेल्सीले शीर्षता कायम राख्ने क्रममा शनिबार नै चाँडो गरि भएको खेलमालेस्टर सिटीलाई ३-० ले हराएको थियो ।

प्रियिमर लिगमा शनिबार भएका अन्य खेलमा नर्विच सिटीले नयाँ प्रशिक्षक डिन स्मिथको प्रशिक्षणमा सुखद सरुआत गर्ने क्रममा साउथहमटनलाई २-१ ले हराएको हो । त्यस्तै उल्भरहमटनने वेस्टहमलाई १-० ले पराजित गर्यो ।