इटालियन सिरी ए

फियोरेन्टिनासँग मिलान स्तब्ध

मिलान । ज्लाटान इब्राहिमोभिचले दुई गोल गरेपनि शनिबार एसी मिलानलाई फियोरेन्टिनासँगको हारबाट जोगाउन भने सकेनन्  ।

इटालियन सिरी ए  मा मिलानको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा फियोरेन्टिनाले ४-३ को रोमाञ्चक जित हात पारेको हो ।]

मिलानका प्रशिक्षक स्टेफानो पियोलीले आफ्नो टोलीले फियोरेन्टिनासँगको हारबाट टोलीले ठूलो पाठ सिक्ने बताए ।

‘हामीलाई यो हारको पिडा थाहा छ र आशा गरौै यस्तै दुखद नतिजा फेरी दोहोरिने छैन,’पियोलीले भने ।

फियोरेन्टिनासँगको हारपछि मिलानले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर समेत गुमाएको छ । 

एक खेल कम खेलेको नेपोली ३२ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको मिलान समान ३२ अंकका साथ दोस्रो स्थानमा छ ।  

नेपोलीले आइतबार इन्टर मिलानको सामना गर्दैछ ।