मिल्स गोल्डकप

रोमाञ्चक जित निकाल्दै कन्काइ सेमिफाइनलमा

विराटनगर । घरेलु  टोली टिडब्ल्यु विराटनगरलाई २-१ ले हराउँदै झापाको कनकाइ स्पोर्टिङ क्लब चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । 

विराटनगर जुटमिलको खेल मैदानमा आइतबार कन्काइलाई जित दिलाउन दुवै गोल सन्दिप रसाइलीले गरे । टिडब्ल्युका आशिष राईले गोल फर्काए ।

खेलको २७औं मिनेटमा आशिषको गोलमार्फत टिडब्ल्यु ले अग्रता लिएको थियो । कन्काईका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आषिकलले गोलमा परिणत गरे ।

सन्दीपले ५०औं मिनेटमा गोल गर्दै खेललाई बरारीमा ल्याए । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सन्दीपले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै कन्काइलाई २-१ को रोमाञ्चक जित दिलाए ।

श्याम मुर्मुलाई टिडब्ल्युका खेलाडीले पेनाल्टी बक्स भित्र फउल खेलेपछि रेफ्री मदन काफ्लले कन्काइलाई पेनाल्टीको अवसर प्रदान गरे ।  पेलान्टीमा सन्दीपले सहजै गोल गरे ।

कन्काइले फाइनल प्रवेशका लागि बुधबार एपिएफको सामना गर्नेछ ।

सोमबार कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगर र गोलबजार स्पोर्टिङ क्लब, सिराह प्रतिस्पर्धा गर्नेछन् ।