चैत्र १३, २०८२ शुक्रबार | १२:२६:४८
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

बेंगलुरुविरुद्ध कोलकाताको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रियिमर लिग (आइपिएल) मा घरेलु टोली कोलकाता नाइटसराइडर्सले रोयल च्यालेन्सर्जस बेंगलुरुविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै सात खेलमा १० अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलुरु आठ खेलबाट दुई अंकका साथ पुछारमा छ ।

इडेन गार्डेनमा आइतबार कोलकाताले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै २२१ रन बनायो ।

बेंगलुरुका लागि विल ज्याक्सले ३२ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी रजत पाटिदारले २३ बलमा पाँच छक्का र  तीन चौकाको मद्दतले ५२, दीनेश कार्तिकले २५, सूर्यान्श प्रभुदेसाइले २४, कर्ण शर्माले २० र विराट कोहलीले १८ रन बनाए ।

तेस्रो विकेटका लागि विल र रजतले १०२ रनको साझेदारी गरे । कोलकाताका लागि आन्द्रे रसेलले तीन, हर्षित राना र सुनिल नारायणले समान दुई तथा मिचेल स्टार्च र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्यो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३६ बलमा सात चौका र एक छक्काको मद्दतले ५० रनको योगदान गरे ।

यसैगरी फिल साल्टले ४८, अन्द्रे रसेलले अविजित २७, रमनदीप सिंहले अविजित २४, रिंकु सिंहले २४, वेङ्कटेस अय्यरले १६ र सुनिल नारायणले १० रन बनाए ।

पहिलो विकेटका लागि फिल र सुनिलले ५६ रनको साझेदारी गरे । बेंगलुरुका लागि यस दयाल र क्यामरुन ग्रिनले समान दुई तथा मोहम्मद सिराज र लोकी फर्गुसनले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो