राष्ट्रिय महिला लिग छनोट

सुदूरपश्चिमको विजयी सुरुआत

तस्विरः एन्फा

काठमाडौंं । सुदूरपश्चिम प्रदेशले राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध ५-१ को जित निकाल्यो ।

सुदूरपश्चिमलाई जित दिलाउन मीना देउवाले दुई तथा रीना चन्द, बिर्सना चौधरी र गंगा चौधरीले समान एक गोल गरे । गण्डकीका लागि सुस्मिता गुरुङले एक गोल फर्काइन् ।

खेलको ३३औं मिनेटमा रीनाको गोलमार्फत सुदूरपश्चिमले अग्रता लियो । ५४औं मिनेटमा सुस्मिताले खेललाई बराबरीमा ल्याइन् ।

तस्विरः एन्फा

१० मिनेटपछि बिर्सनाले गोल गर्दा सुदूरपश्चिम २-१ ले अगाडि बढ्यो । ७४औं मिनेटमा मीनले टोलीका लागि तेस्रो गोल गरिन् ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा मीनाले ब्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमको अग्रता ४-१ को बनाइन् । इन्जुरी समयमा गंगाले गोल गर्दै सुदूरपश्चिमलाई ५-१ को सहज जित दिलाइन् । 

शुक्रबार नै सम्पन्न अर्को खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशमाथि ३-० को सहज जित निकाल्यो ।