सहिद स्मारक ‘सी’ डिभिजन लिग

लगातार दोस्रो जितको लक्ष्यमा मनोहरा

तस्विरः एन्फा

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार गोलबजार स्पोर्टस क्लबको सामना गर्दा मनोहरा युनाइटेड  युथ क्लब लगातार दोस्रो जितको लक्ष्यका हुनेछ ।

खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ । दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् ।

यसअघि समाज कल्याण खेलकुद केन्द्रसँग ५-० ले पराजित मनोहराले स्पोर्टस एकेडेमी साँगालाई ३-२ ले हराएको थियो ।

यता गोलबजार पहिलो जितको खेजीमा छ । यसअघि स्वयम्भु क्लबलाई २-२ को बराबरीमा रोकेको गोल बजारले झम्सिखेल युथ क्लबसँग ४-० को हार ब्यहोरेको थियो ।