नेपाली फुटबल

‘सी’ डिभिजन खेल्ने मोफसलका यी पाँच क्लब

काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल चलिरहेको छ । चैत २२ देखि सुरु तल्लो डिभिजनको लिगको रोमाञ्चकता निकै बढेको छ । अघिल्लो दुई वर्ष लिग नहुँदा निरास बनेका क्लबहरू आफ्नो लक्ष्य पूरा गर्न मैदानमा डटिरहेका छन् ।

यस लिगमा खेलाडी धेरै नयाँ हुन्छन् । नयाँ खेलाडीलाई व्यावसायिक फुटबलमा उक्लने बाटो यही नै हो । उमेर बढ्दै गएर पनि खेल छाड्न नसकेका खेलाडीका लागि प्रदर्शन कायम राख्ने माध्यम ‘सी’ डिभिजन लिग हो ।

लिग तल्लो डिभिजनको भए पनि यहाँ प्रतिस्पर्धा माथिल्लो डिजिभनको छ । अधिकांश टोलीले स्थानीय खेलाडी टोलीमा समावेश गरेका छन् । खेलाडीहरू पनि प्रतिस्पर्धा गर्न र आफूलाई प्रमाणित गर्न आतुर छन् ।

आरसीमात्रै हैन, यसपालि मोफसलबाट खेल्ने ५ क्लबको योजना यस्तै छ । सुर्खेतको आरसी ३२ जस्तै सर्लाहीबाट बागमती युवा क्लबले सी डिभिजन लिग खेलिरहेको छ ।

मनीष डाँगीले ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लबका लागि प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीसम्मको ढोका खोलेका थिए । रोहन कार्कीले आरसी ३२ बाट खेल्दै नेपाल सुपर लिग हुँदै राष्ट्रिय टोलीसम्म स्थान बनाए । रोहन अहिले पनि ‘सी’ डिभिजन लिग आरसीबाट खेलिरहेका छन् ।

पछिल्लो पटक आरसीबाट खेल्दा रोहनको लक्ष्य पूरा हुन सकेन । अन्तिम समय क्लब चुक्दा ‘बी’ डिभिजन खेल्ने धोका अधुरै रह्यो । राष्ट्रिय टोलीमा स्थान बनाएका रोहन ए डिभिजन क्लबका खेलाडीसँगै खेल्न सक्थे । तर, उनी क्लबलाई ‘बी’ डिभिजन लिगमा पु¥याउने लक्ष्य पूरा गर्न आरसीबाटै खेल्दै छन् । रोहनको कप्तानी साथ पाएको आरसी ३२ ले पनि लगातार ३ खेल जितिसकेको छ ।

आरसीमात्रै हैन, यसपालि मोफसलबाट खेल्ने ५ क्लबको योजना यस्तै छ । सुर्खेतको आरसी ३२ जस्तै सर्लाहीबाट बागमती युवा क्लबले सी डिभिजन लिग खेलिरहेको छ ।

आरसी ३२ र बागमती क्लबपछि व्यावसायिक फुटबलमा आएको क्लब हो बाजुराको रानीबारी स्पोर्टस क्लब । पछिल्लो पटक पनि यो क्लबले ‘सी’ डिभिजन लिग खेलेको थियो । तर, ‘बी’ डिभिजन लिगमा बढुवा हुन सकेन । बाजुरा एन्फाको जिल्ला सदस्य पनि हैन । तर, यहाँ खेल्ने र खेलाउने भने ठूलो मनका छन् । यो टोलीमा अधिकांश खेलाडी सुदूरपश्चिमकै छन् ।

बागमतीमा यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक लामा छन् । यो क्लबले तीनमध्ये दुई खेल जितेको छ । आरसी ३२ र बागमतीले वर्षभर खेलाडीलाई सुविधा दिएर प्रतियोगिताका लागि भनेर अनुबन्ध गरेका थिए ।

शीर्ष डिभिजन लिगमा हेर्ने हो भने अधिकांश क्लबहरू उपत्यका भित्रका छन् । ए डिभिजन लिगमा १४ वटै क्लब उपत्यकाका छन् । ‘बी’ डिभिजन लिगमा दुई तथा ‘सी’ मा पाँच क्लबउपत्यका बाहिरका छन् । ‘बी’ डिभिजनमा १४ मध्ये झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड क्लब पर्साका हुन् ।

‘सी’ मा भने यसपटक तुलनात्मक रूपमा बढी मोफसलका क्लब प्रतिस्पर्धी छन् । घरेलु फुटबलमा क्लबहरूलाई लाग्ने आरोप संधै एउटै हो, ‘मोफसलमा पनि नजाने र संधै लिग गर्ने बेला किचकिच ।’

‘सी’ डिभिजनमा १४ मध्ये ५ क्लब मोफसलबाट आएका छन् । ती सबैको लक्ष्य भनेकै ‘बी’ डिभिजन लिग हो । तर, दुई मात्रै क्लब बी डिभिजनमा उक्लने हुँदा सबैका चाहना पूरा नहुन सक्छ । बाँकीले अर्काे वर्षको लागि मिहिनेत कायमै राख्नुपर्ने हुन्छ ।

आरसी ३२ र बागमती क्लबपछि व्यावसायिक फुटबलमा आएको क्लब हो बाजुराको रानीबारी स्पोर्टस क्लब । पछिल्लो पटक पनि यो क्लबले ‘सी’ डिभिजन लिग खेलेको थियो । तर, ‘बी’ डिभिजन लिगमा बढुवा हुन सकेन । बाजुरा एन्फाको जिल्ला सदस्य पनि हैन । तर, यहाँ खेल्ने र खेलाउने भने ठूलो मनका छन् । यो टोलीमा अधिकांश खेलाडी सुदूरपश्चिमकै छन् ।

क्लबको प्रदर्शन कस्तो रहला त्यो आफ्नो स्थानमा छ । तर, यी क्लबको आगमनले अन्य क्लबलाई पनि माथिल्लो डिभिजन लिगमा प्रवेश गर्न सहज बनाएको छ ।

 स्पोर्टस एकेडेमी साँगा पनि प्रतिस्पर्धामा आएको छ । पछिल्लो पटक ‘सी’ डिभिजन लिग खेलेको क्लबले यसपालि ‘बी’ मा उक्लने तयारी गरेको छ । तर, काभ्रेको यो क्लबले योजनाअनुसार नतिजा पाएको छैन ।

अर्काे क्लब हो बागलुङको गोलबजार स्पोर्टस  क्लब । तुलानात्मक रूपमा यो क्लब अन्य चार मोसफलका टिमभन्दा कमजोर देखिएको छ । तर, आफ्नो लक्ष्य भने ‘बी’ डिभिजन लिग नै बताउँछ ।

क्लबको प्रदर्शन कस्तो रहला त्यो आफ्नो स्थानमा छ । तर, यी क्लबको आगमनले अन्य क्लबलाई पनि माथिल्लो डिभिजन लिगमा प्रवेश गर्न सहज बनाएको छ । साँच्चै व्यावसायिक फुटबल खेल्ने हो भने गर्ने यही हो । तल्लो स्तरबाट शीर्ष डिभिजन लिगमा छनोट हुने ।

उपत्यकामा क्लब फुटबल माहोल घट्दै जाँदा मोफसलका क्लबले त्यसलाई उजागर गर्नु सकारात्मक पक्ष हो । सधैं आरोप लाग्ने गरेको उपत्यका केन्द्रित लिगलाई मोसफलमा लैजान यी क्लबहरूले तदारुकता देखाउन सक्छन् । तर, त्यसका लागि मोफसलका क्लब संख्या पक्कै बढी नै चाहिन्छ ।