इङ्लिस प्रिमियर लिग

पाल्मरको चार गोल, चेल्सीले एभर्टनलाई हरायो

काठमाडौं । युवा अट्याकर कोल पाल्मरको ह्याट्रिक प्रेरित चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई ६–० ले पराजित गरेको छ । सोमबार राति चेल्सीले घरेलु मैदानमा पहिलो हाफमा चार गोल गरेको हो ।

जितपछि ३१ खेलबाट ४७ अंक जोडेको चेल्सी नवौं स्थानमा उक्लिएको छ । एभर्टन ३२ खेलबाट २७ अंकसहित १६औं स्थानमा रह्यो । प्रिमियर लिगमा हरेक टोलीले ६ खेल खेल्न बाँकी रहँदा म्यानचेष्टर सिटी ७३ अंकसहित शीर्ष स्थानमा छ ।

चेल्सीको जितमा पाल्मरले चार गोल गरे । उनले खेलको १३, १८ र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । अर्काे गोल ६४औं मिनेटमा पेनाल्टीमा गरेका हुन् । निकोलास ज्याक्सनले ४४औं मिनेटमा गोल गर्दा चेल्सीले पहिलो हाफमै ४–० को अग्रता बनायो । ९०औं मिनेटमा अल्फी गिलक्रिष्टले गोल गरेका हुन् ।