इटालियन सिरी ए

इन्टर बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा इन्टर मिलान काग्लिअरसँग २–२ को बराबरीमा रोकिएको छ । सोमबार राति दुई पटकको अग्रता जोगाउन नसक्दा इन्टर रोकियो । योसँगै इन्टरले १६ अंकको अग्रता बनाउन चुक्यो ।

इन्टर ३२ खेल सकिँदा दोस्रो स्थानको एसि मिलानभन्दा १४ अंकले अगाडि छ । २६ खेल जितेको इन्टरको ८३ अंक छ । समान खेलबाट एसि मिलानको ६९ अंक रह्यो । ३१ अंक जोडेका काग्लिअरी १४औँ स्थानमा छ ।

खेलको १२औं मिनेटमा मार्कुस थुरामको गोलमा इन्टरले अग्रता बनायो । इल्डोरले ६५औं मिनेटमा बराबरी गोल गरेका हुन् । ७४औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै हाकान काल्हानोग्लुले गोल गर्दै इन्टरलाई पुनः २–१ को अग्रता दिलाएका हुन् । निकोलास भिओलाले ८३औं मिनेटमा गोल गरेपछि इन्टर अंक बाढ्न बाध्य भएको हो ।