जर्मन बुन्डेसलिगा

लेभरकुसन बुन्डेसलिगाको नयाँ च्याम्पियन

काठमाडौं । १२० वर्षको इतिहासमा बायर लेभरकुसन जर्मन बुन्डेसलिगाको नयाँ च्याम्पियन बनेको छ । जाभी अलोन्सोको प्रशिक्षणमा लेभरकुसेनले सोमबार राति कीर्तिमान बनाएको हो ।

घरेलु मैदानमा ५० हजारभन्दा बढी समर्थकमाझ लेभरकुसनले वार्डेर ब्रेमनलाई ५–० ले हरायो । टोलीको जितमा फोरिअन विर्टजले ह्याट्रिक गरे । ग्रानित जाका र भिक्टोर बोनिफेसले समान एक गोल गरेका हुन् ।

लेभरकुसन यसपटक अपराजित रहँदै च्याम्पियन भएको हो । २९ मध्ये २५ खेल जित्यो । चार बराबर खेल्दा ७४ गोल गर्याे । मात्र १९ गोल बेहोर्दा ७८ अंक जोड्यो । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको २९ अंकबाट ६३ अंक रहेको छ ।

९०औं मिनेटमा फोरिअनले गोल गरेपछि घरेलु समर्थक रेफ्रीले खेल सकिएको जनाउ नगर्दै खुसीयाली मनाउन मैदान प्रवेश गरेका थिए । यसअघि ८३औं मिनेटमा पनि गोल भएपछि समर्थक मैदानमा प्रवेश गर्दा खेल केहीबेर रोकिएको थियो । नयाँ च्याम्पियन भएपछि लेभरकुसनका समर्थक घण्टौं मैदानमा आएर खेलाडीसँग खुसीयाली मनाएका थिए ।

बायर्न म्युखिनले विगत ११ सिजन लगातार उपाधि जितेको थियो । १२औं पटक उपाधि जित्ने बायर्नलको योजनामा लेभरकुसन बाधक बनेको हो ।

समग्रमा लेभरकुसन बुन्डेसलिगा जित्ने १३औं क्लब बनेको छ । सन् २००८–२००९ मा वुल्फस्बर्गले जितेपछि बुन्डेसलिगाले नयाँ च्याम्पियन पाएको हो ।