मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्विर

काठमाडौं । इङ्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

इङ्ल्यान्डको छैटौं डिभिजनको एल्डरशट टाउन फुटबल क्लबले आयोजना गर्न लागेको मैत्रीपूर्ण फुटबल बैशाख २६ मा हुँदैछ ।

टोलीमा आयुष घलान, विमल घर्ती मगर, दीप कार्की, सुरज ज्यु ठकुरी जस्ता स्टार खेलाडी भने छैनन् । 

खेल क्लबको घरेलु मैदान इबिबी रंगशालामा हुनेछ । एल्डरशटले नेपाल फुटबल संघ( एन्फ) र द फुटबल एसोसिएसन (एफए)को समन्वय यो खेल गर्न लागेको हो ।

नेपालसँग खेल्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय मान्यता प्राप्त टोली हो। टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।

इङ्ल्यान्ड ‘सी’ टोलीमा प्रियिमर लिग तथा इङ्लिस फुटबल लिग नखेल्न खेलाडी समावेश हुन्छन् । 

नेपालको प्रारम्भिक टोली

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरणकुमार लिम्बु, सन्तोष महत

रक्षकः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), अजय चौधरी, योगेश गुरुङ

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, राजेश परियार