सहिद स्मारक ‘सी’ डिभिजन लिग

लगातार दोस्रो जितको लक्ष्यमा साँगा

साँगा

काठमाडौं ।  सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार मनोहरा युनाइटेड युथ क्लबको सामना गर्दा स्पोर्टस एकेडेमी साँगा लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । साँगाले पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गरेको थियाे।

यता मनोहरा पनि पहिलो जितको खोजीमा छ । मनोहराले पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्रसँग ५-० को पराजय ब्यहोरेको थियो ।

गोलबजार 

दिउँसो ४ः१५ बजे सुरु हुने खेलमा झम्सिखेल र गोलबजार स्पोर्टस क्लब भिड्नेछन् । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् ।

पहिलो खेलमा झम्सिखेल साँगासँग १-० ले पराजित हुँदा गोलबार स्वयम्भु क्लबसँग २-२ को बराबरीमा रोकिएको थियो ।