स्पेनिस ला लिगा

बार्सिलोना र रियालको कठिन जित

काठमाडौं । स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोना र रियाल मड्रिडरले कठिन जित निकालेका छन् । दुबै टोलीले खेल १–० ले जितेका हुन् ।

मध्यरातमा भएको खेलमा बार्सिलोनाले काडिजलाई हरायो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले गोल गरेका हुन् । उनले ३७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अर्काे खेलमा रियालले मालोर्कालाई पनि सोही अन्तरमा पराजित गरेको हो । रियालको जितमा ४८औं मिनेटमा औरेलियन टिचौमेनीले गोल गरेका हुन् ।

यो खेलपछि समान ३१ अंकबाट रियाल ७८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा रह्यो । ६५ अंकको जिरोना तेस्रो स्थानमा छ । रियालले बार्सिलोनासँग आठ अंकको अग्रता बनाएको छ ।