सिन्धुपाल्चोक जिल्ला लिग छनोट

सिन्धुपाल्चोक जिल्ला लिग छनोटः खुर्सानीबारी च्याम्पियन

लामोसाँघु । सिन्धुपाल्चोक फुटबल क्लबलाई पेनालटी सुटआउटमा ४-२ ले पराजित गर्दै खुर्सानीबारी युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिग छनोटको च्याम्पियन बनेको छ ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।

फाइनल पुगेका दुवै टोली आगामी वर्ष हुने जिल्ला लिगमा छनोट भएका छन् ।

सिन्धुपाल्चोक एफसीका एसिल श्रेष्ठ प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए । सिन्धुपाल्चोककै विशाल भुजेल उदीयमान खेलाडी, खुर्सानीबारीका रोहिन श्रेष्ठ उत्कृष्ट गोलकिपर तथा शेन्को घले उत्कृष्ट रक्षक चुनिए ।

गत चैत २६ बाट सुरु भएको छनोट प्रतियोगितामा ११ क्लबको सहभागिता थियो।