इङ्लिस प्रिमियर लिग

फर्नान्डेजले दुई गोल गर्दा युनाइटेड जोगियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । भ्रमणकारी टोली युनाइटेड बर्नामाउथसँग २–२ को बराबरी खेल्न पुग्यो ।

खेलमा युनाइटेड दुई पटक पछि परेर पनि अंक खोस्न सफल भएको हो । स्ट्राइकर ब्रुनो फर्नान्डेजले दुबै गोल गर्दै टोलीको उद्धार गरेका थिए ।

घरेलु मैदानमा बर्नामाउथले दुई पटक अग्रता बनायो । खेलको १६औं मिनेटमा डोमिनिक सोलांकेको गोलमा अग्रता बनायो । ३१औं मिनेटमा फर्नान्डेजले बराबरी गोल गरे ।

पुनः ३६औं मिनेटमा जस्टिन क्लुइभेर्टले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अग्रता दिलाएका हुन् । ६५औं मिनेटमा फर्नान्डेजले २–२ को बराबरी गोल गरेका हुन् ।

३२ खेलपछि ५० अंक जोडेको युनाइटेड सातौँ स्थानमा छ । ४२ अंकको बर्नामाउथ १२औं स्थानमा रह्यो । ७३ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा म्यानचेष्टर सिटीले लुटन टावनलाई ५–१ ले पराजित गरेको हो । सिटीले एक खेल कम खेलेका आर्सनल र लिभरपुललाई पछि पारेको छ । त्यस्तै, न्युक्यासल युनाइटेडले टोटनहमलाई ४–० ले पराजित गर्याे ।