कपिलवस्तु तिलौराकोट गोल्डकप

पुलिसलाई हराउँदै हनामी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्बललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै  हनामी बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको च्यामिपयन बनेको छ ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा हनामीका राम शाही, सुजित बुढाथोकी, सागर लामा र आशिष सुनामले गोल गरे। मनिष तामाङले चुके ।

पुलिसका शिशिर चौधरी, विवेक पाण्डे र अनुप लिम्बुले गोल गरे। पृथ्वी चौधरी र हेम तामाङको प्रहार गोलमा परिणत हुन सकेन ।

त्यसअघि खेलको चौथो मिनेटमै सुजित भण्डारीको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।  पहिलो हाफको अन्त्यतिर अनुप लिम्बुले गोल गर्दै हनामीलाई खेलमा फर्काए।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा हनामीले सुदूरपश्चिम-११ लाई ३-० तथा पुलिसले थ्री स्टार क्लबलाई १ण् ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

प्रतियोगिताको विजेता टोली हनामीले ११ लाख ११ हजार १११ प्राप्त गर्यो। उपविजेता पुलिसले ५ लाख ५५ हजार ५५५ रुपैयाँमा पायो ।